• Saturday 25th July 2026

एक हजार रुपैयाँ चोरीको आरोपमा कुटेर पत्नीको हत्या ?

एक हजार रुपैयाँ चोरीको आरोपमा कुटेर पत्नीको हत्या ?

श्रीमानले अघिल्लो साँझ मादक पदार्थ सेवन गरेर आएपछि पत्नीले पनि एक हजार रुपैयाँको रक्सी खाएर रातको समयमा घरमा आई सुतेकी थिइन्


  • लुम्बिनी रिभ्यू

बुटवल । एक हजार रुपैयाँ चोरेको भन्दै रुपन्देहीमा एक व्यक्तिले  पत्नीलाइ   कुटेर हत्या गरेका छन् । पतिको कुटाइबाट बिहीबार बिहान कञ्चन गाउँपालिका १ डेलरकी ३१ वर्षीया सावित्री थापा क्षेत्रीको मृत्यु भएको हो ।

हत्याको आरोपमा प्रहरीले उनका पति ३३ वर्षीय यमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार मृतकका श्रीमान् यमबहादुरले अघिल्लो दिन साँझ मादक पदार्थ सेवन गरेर आएपछि पत्नी सावित्रीले पनि एक हजार रुपैयाँको रक्सी खाएर रातको समयमा घरमा आई सुतेकी थिइन् । सावित्री भुइँमा सुतिरहेको बेला बिहान करिब २ बजे यमबहादुर थापा उठेर पैसा गन्दा एक हजार कम भएपछि उनले पत्नीलाई उठाएर पैसा नसोधी लगेको भन्दै कुटपिट गरेका थिए ।

यमबहादुरलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान सावित्री मृत अवस्थामा भेटिएको भन्ने खबर पाएपछि गएको प्रहरी टोलीले उनक टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू भेटिएको र शरीरका विभिन्न भागमा निलडामहरूसमेत देखेपछि पति यमबहादुरलाई पक्राउ गरेको हो । -याे समाचार इकान्तिपुरले छापेकाे छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend