• Saturday 25th July 2026

रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन

रुपन्देहीका अग्रज पत्रकार वसन्त पोखरेलको निधन


  • लुम्बिनी रिभ्यू


बुटवल ­। ­रुपन्देहीका अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी वसन्त पोखरेलको निधन भएको छ । ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवास मा निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आएका थिए । पछिल्लो समय सम्पादन सल्लाहकार रहेका पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आएका थिए ।

पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

पत्रकारिताको धरोहरका रुपमा रहेका पोखरेल लेखक तथा साहित्यकार समेत हुन् । पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend