• Saturday 25th July 2026

ताेकिएकाे समयसम्म ८४ वटा दल दर्ता

ताेकिएकाे समयसम्म ८४ वटा दल दर्ता


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि  ८४  वटा दल दर्ता भएका छन् ।
निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ८४  वटा राजनीतिक दल दर्ता भएका हुन् ।

आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend