• Saturday 25th July 2026

दिगो शान्तिका लागि द्धन्द्धपीडित महिलाका समस्या समाधान गरौं

दिगो शान्तिका लागि द्धन्द्धपीडित महिलाका समस्या समाधान गरौं


  • लुम्बिनी रिभ्यू


बुटवल । दिगो शान्तिका लागि द्धन्द्धपीडित एकल महिलाका समस्या समाधान गर्न सरोकारवालाहरुले माग गरेका छन् । द्धन्द्धले सिर्जना गरेका समस्या समाधान नगरी शान्ति स्थापनाको कल्पनासम्म गर्न नसकिने उनीहरुले बताए ।
मानव अधिकारको लागि महिला एकल समूह रुपन्देहीले अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताए । कार्यक्रममा बोल्दै उनीहरुले बेपत्ताको सास वा लासको खोजी गरी तत्काल एकल महिलाहरुलाई अन्य सरह सुबिधा दिन माग गरे । द्धन्द्धपीडित महिलालाई एकल महिला सरह सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न, निशुल्क उपचारको व्यवस्था गर्न, द्धन्द्धमा मृत्यु भएकाको सामुहिक शालिक बनाउन समेत उनीहरुले आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले द्धन्द्धपीडित र अन्य एकल महिलाका समस्या समाधानकालागि आफू गम्भीर भएको बताइन् । उनले यसपालिको बजेटले पनि एकल महिलालाई समेटेको बताउदै नगर सरकारले सबै सहकार्य गर्ने बताइन् ।
कार्यक्रममा बोल्दै संचारिका समूह लुम्बिनीमा अध्यक्ष अमृता अनमोलले शान्ति स्थापनामा द्धन्द्ध पीडित एवं एकल महिलाको भूमिकाबारे बताइन् ।
जिल्ला सचिव रीता सेनले द्धन्द्धपीडित महिलाका क्षेत्रमा राज्यले प्रधान गरेका सुबिधा र आफ्ना मागबारे जानकारी गराइन् । अध्यक्ष राधिका श्रेष्ठको तीन तहका सरकारमा एकल महिलाका अपेक्षाबारे जानकारी गराइन् ।

 

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend