• Saturday 25th July 2026

नागरिकता विधेयकमा राष्ट्रपतिकाे कदम : कतै समर्थन,कतै विराेध

नागरिकता विधेयकमा राष्ट्रपतिकाे कदम : कतै समर्थन,कतै विराेध


  • लुम्बिनी रिभ्यू

काठमाडाै । नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदमबारेमा नेपाली राजनीतिक दलहरूकाे मत बिभाजन भएकाे छ ।

एमाले निकट युवा बिद्यार्थीहरू समर्थनमा र सत्तापक्षधर दल र तिनका युवा बिद्यार्थीहरू बिराेधमा उत्रिएका छन् ।

राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धन अदालत जाने तयारीमा लागेको छ भने पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनले असन्तुष्टी जनाएका छन् ।  यी शक्तिले राष्ट्रपति कदमको विरोध गरे पनि नेकपा एमाले भने बचाउमा उत्रेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति पुनले बुधबार संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै बक्तब्य जारी गरे ।

सत्ता गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को घोर अपमान र अवमूल्यन गरेको दाबी गरेकाे छ । बुधबार बालुवाटारमा बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको जिकिर गरेकाे हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend