• Saturday 25th July 2026

कोरोना : देशभर एक हजार १४४ जना सक्रिय सङ्क्रमित

कोरोना : देशभर एक हजार १४४ जना सक्रिय सङ्क्रमित


  • लुम्बिनी रिभ्यू

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८२९ जनको कोरोना परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ४२ जना र दुई हजार एक सय एन्टीजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हाल मुलुकमा एक हजार १४४ जना सक्रिय सङ्क्रमित छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend