• Saturday 25th July 2026

देशभर निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु,१६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

देशभर निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु,१६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

नेपालगन्ज, ललितपुर, चितवन, बुटवल र विराटनगरमा निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रम सञ्चालन


  • लुम्बिनी रिभ्यू

काठमाडौं। निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका  आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरेको हो ।

आज नेपालगन्ज, ललितपुर, चितवन, बुटवल र विराटनगरमा निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालगन्जमा र निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले चितवनमा निर्वाचन व्यवस्थापनको प्रशिक्षण दिनुभएको छ ।

मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन सम्पन्न गर्नका लागि आयोगले असोज १५ देखि २० गतेसम्ममा १६५ वटै निर्वाचन अधिकृत कार्यालय स्थापना गराइसक्ने छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend