• Saturday 25th July 2026

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह्र वितरणकाे तालीका

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह्र वितरणकाे तालीका


  • लुम्बिनी रिभ्यू

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरु अन्तिम नामावली प्रकाशन गर्दैछ ।

आज दिउँसो १ बजेसम्म असोज २३ मा उम्मेदवारी दिएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । दिउँसो १ बजेदेखि तीनबजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोजका प्रवक्ता शालिकराम शर्माले बताए ।

यसअघि उम्मेदवारी फिर्ता लिन चाहनेले आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी र्फिता लिन सकिने आयोगले जनाएको छ । विभिन्न पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ । उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृत कार्यालयमा गएर निवेदन दिनुपर्नेछ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि चुनाव चिन्ह्र प्रदान गर्ने आयोगको तयारी छ । ३ बजेदेखि ७ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिन्ह्र प्रदान गरिने आयोगले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend