• Saturday 25th July 2026

रुपन्देही २ : ठूला दलका उम्मेदवारमा एमालेका बिष्णु पाैडेल मात्रै

रुपन्देही २ : ठूला दलका उम्मेदवारमा एमालेका बिष्णु पाैडेल मात्रै


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेको छ । सार्वजनिक गरेको प्रतिनिधि सभाको उम्मेदवार सूचीमा ठूला दलमध्ये एमाले मात्रै देखिएको छ ।

आयोगको प्रतिनिधि सभा निर्वाचन रुपन्देही क्षेत्र नं २ निर्वाचन कार्यालयले सूचना जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ ।

आयोगले रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य पदको निर्वाचनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ बमोजिम उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रतिनिधि सभातर्फ १८ जनाले मनोनयन दर्ता गरेकोमा ३ जनाको योग्यता नपुगी खारेज भएको र बांकी रहेका १५ जनालाई चुनाव चिन्ह प्रदान गरेको जनाएको छ ।

यसैगरी प्रदेश सभातर्फ प्रदेशसभा क्षेत्र नं २ क तर्फ १२ जना क्षेत्र नं ख मा ११ जनाले मनोनयन दाखिला गरेकोमा सबैलाई निर्वाचन चिन्ह प्रदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले उम्मेदारी खारेज गरेका गठबन्धनका उम्मेदार राजु गुरुङमाथि अन्याय भएको भन्दै दलहरुले ज्ञापनपत्र बुझाए पनि आयोगले भने उम्मेदारको अन्तिम नामावली प्रकाशन गरेको हो । गठबन्धन दलले आयोगको निर्णय कानुन विपरीत भएको दावी गर्दै विरोध गरेर अदालत जानेसम्मको संकेत गरेपनि बुधबार कार्यालय समयसम्म गएनन् । निर्वाचन कार्यालयले आयोगको कानुन अनुसार उम्मेदारी खारेज गरेको प्रष्ट पारेको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend