• Saturday 25th July 2026

प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्ष तर्फको मतपत्र छपाई सुरु

प्रतिनिधिसभा तथा प्रदेशसभा प्रत्यक्ष तर्फको मतपत्र छपाई सुरु


  • लुम्बिनी रिभ्यू

काठमाण्डाै । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु भएको छ । सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको सुरक्षा घेराका बीच मतपत्र छपाई सुरु गरिएको हो ।

आगामी निर्वाचनका लागि ५०३ प्रकारको मतपत्र छपाई भइरहेको आयोगका सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । निर्वाचन क्षेत्रगत रुपमा छपाई गर्नुपर्ने भएकोले मतपत्रको प्रकार बढेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९५ प्रकारको मतपत्र, प्रदेश सभातर्फ फरक–फरक ७ प्रकारको मतपत्र छपाई भइरहेको छ । यस्तै समानुपातिक तर्फ ८ प्रकारको मतपत्र छपाई गरिएको उनले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend