• Saturday 25th July 2026

निर्वाचनमा भाग नलिएपनि विथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाड

निर्वाचनमा भाग नलिएपनि विथोल्ने अधिकार कसैलाई छैन : गृहमन्त्री खाड


  • लुम्बिनी रिभ्यू

बुटवल ­ । गृहमन्त्री बालकृष्ण खाडले कुनै समूहलाई निर्वाचनमा भाग नलिने अधिकार भएपनि निर्वाचन विथोल्ने अधिकार नरहेको बताएका छन् ।
बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिन नपाइने उनले जनाए । गृहमन्त्रीले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने , विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’
गृहमन्त्री खाडले निर्वाचन विरोधी समूहलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल थालीरहेको बताए । ‘हामी मिल्नेसम्म लचक भएका छौं कानुन संशोधन गरेर हुन्छ कि ऐन तर्जुमा गरेर हुन्छ सबै दललाई मूलधारमा ल्याउन र विरोधी समूहका मागहरु सम्बोधन गर्ने प्रयासमा छौं,’ उनले भने ।
गृहमन्त्री खाडले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीत निर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह गरे । ‘सबै नागरिक सुरक्षीत होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने,‘त्यसकालागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’
गृहमन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचा मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले बताए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend