
बुटवल । तनाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो समय धेरैजना डिप्रेशनको सिकार भएका छन् । यस्तो बेलामा बुटवलमा तनाव र चिन्ता मुक्त जीवन व्यवस्थापन कार्यक्रम आयोजना हुन लागेको छ ।
आशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन (ध्यान)कार्याशाला आयोजना हुन लागेको हो । तनाव व्यवस्थापन र शरिरलाई फुर्ति राख्न पनि ओशो मेडिटेशन आयोजना गरेको आयोजकको भनाइ छ ।
व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले मेडिटेशन कार्यशालाको आयोजना गरिएको ओशो बुटवलका बलराम पोखरेलले बताए । उक्त कार्यशालामा स्वामी आनन्दले प्रशिक्षण दिनेछन् ।
१ हजार जना सहभागिता हुने उक्त कार्याशालामा सहभागिता जनाउन ३ सय शुल्क लाग्ने आयोगकको भनाई छ । कार्यशालामा बैंकिङ क्षेत्रका व्यक्तिहरु, संघसंस्थाहरुका प्रतिनिधी, व्यस्त दैनिकीहुनेहरुको सहभागिता हुनेछ ।
तनाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो समय धेरैजना डिप्रेशनको सिकार समेत बनिरहेको भन्दै तनाव व्यवस्थापन र शरिरलाई फुर्ति राख्न पनि ओशो मेडिटेशन आवश्यक रहेको पोखरेलले बताए । नेपालमा करिव डेढ लाख ओशो सन्यासी रहेका छन् । बुटवलमा स्थापना भएको ओशो संस्थाले प्रत्येक दिन विहान ओशो मेडिटेशन गर्ने गरेको छ ।

लुम्बिनी रिभ्यू