
बुटवल । एमाले नेता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठ भोट माग्दै जनताको घरदैलोमा पुगेका छन् । रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार आफूले गर्ने कामका योजना सुनाउदै घरदैलो थालेका हुन् ।
घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको पक्षमा काम गरेको, बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगर प्रमुख हुँदा गरेको नमुना विकासका योजना सुनाए र कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु र अब पाँच वर्षमा के गर्ने भन्ने घोषणापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको उनले बताए । निशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, भ्रष्टाचार विरोधी अभियान लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् ।
शुक्रबार उनले बुटवल ३ चिडियाखोला, गोलपार्क, ज्योतिनगर क्षेत्रमा घरदैलोमा पुगेका थिए । श्रेष्ठलाई पहिले सुकुम्बासी आयोगमा रहेर गरेको काम, २०५५ सालमा ज्योतिनगरमा गरेको पहिरो व्यवस्थापन, २०५४ सालमा बुटवल नगरपालिकाको नगर प्रमुख हुँदा गरेको काम साथै कोरोना कालमा गरेको उल्लेख्य काम सम्झिएको बताउँदै निश्चित हुन मतदाताले आग्रह गरे ।

लुम्बिनी रिभ्यू