• Saturday 25th July 2026

जनताको आवश्यकता नै मेरो प्राथमिकता हो : उम्मेद्वार दीर्घबहादुर केसी

जनताको आवश्यकता नै मेरो प्राथमिकता हो : उम्मेद्वार दीर्घबहादुर केसी


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देही क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले जनताको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताएका छन् । उनले जनताको आवश्यकता र माग अनुसारको काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यदि काम गर्न नसके त्यसको प्रष्ट जवाफ दिने बताए । ‘यहाँका जनताको आवश्यकता नै मेरो प्राथमिकता हो ।’ उनले भने, ‘चुनाव जितेर गएपछि पनि म प्रत्येक महिना जनताको माझमा आउने छु, जनताका थप आवश्यकताहरु के छन् भनेर सोध्ने छु ।’
चुनावी प्रचार प्रसार अभियान अन्तरगत मतदाताको घरदैलोमा रहेका केसीले जनतामाझ आफ्नो प्रतिवद्धता सहित आफूलाई मत दिएर जिताउन आग्रह गरे । अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष समेत रहनु भएका केसीले उक्त निर्वाचन क्षेत्रमा खेल क्षेत्रको लागि मुख्य तीन कामलाई प्राथमिकतामा राखेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend