
बुटवल । स्वतन्त्र वाम उम्मेदवार घनश्याम भुसालसहित रुपन्देही -१ को लोकतान्त्रिक वाम गठवन्धनले १६ वुदे आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
रुपन्देही १ मा प्रतिनिधि सभा तर्फ स्वतन्त्र वाम उम्मेदवार भुसाल तथा प्रदेश १(१) मा काङ्ग्रेसका विस्वनाथ यादव र १(२) मा अब्दुल रज्जाक उम्मेदवार छन् ।उनीहरुले आर्थिक पुर्वाधार भौतिक विकास शिक्षा स्वास्थ्य रोजगारी भुमि व्यवस्था विद्धुत र औध्धोगिक विकासमा काम गर्ने मुख्य लक्ष्य सहित आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन ।
जसमा शिक्षातर्फ देवदहमा लुम्बिनी वौध्ध विश्व विद्यालय सन्चालन गर्ने र क्षेत्रगत प्राविधिक शिक्षा सुरु गर्ने र स्कुल तथा क्याम्पसको स्तरोन्नति गर्ने भनियेको छ । स्वस्थ्यतर्फ पालिकास्तरिय अस्पताल निर्माण गर्ने र प्रत्येक वदामा स्वास्थ चौकी बनाउने भनिएको छ । पर्यटन तर्फ देवदहको उत्खन्नन गरी बुद्ध मावलीलाई अन्तर्राष्ट्रिय सम्पदा शुचिमा समावेस गर्ने उल्लेख छ। देवदहलाई लुम्बिनीसङ जोदेर विकास योजना अघि बढाउने पर्यटन प्रवधन गर्ने कृषि सडकको स्तरोन्नति गर्ने कृषिको व्यावसायिकरण गर्ने पनि उनीहरुले प्रतिवद्धता जनाएका छन् । प्रतिवद्धतापत्रमा अव्यवस्थित वसोवासी र भुमिहिनहरुक समस्या सधैंका लागि अन्त्यत गर्ने भनिएको छ । सुरु भएका सदक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलै उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने
हरेक वडामा बाल उद्धान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ । युवाहरूलाई सिपमुलक तालिम दिने सीप सिकेका युवाहरूलाई रोजगारीमा जोडने भनिएको छ। निर्वाचन क्षेत्र भित्र आउधोगिक क्षेत्र र देवदह मण्डप बनाउने भनिएको छ ।
प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार भुसालले प्रतिवद्धता पत्रमा भनिएका र सुरु गरेका विकास योजना कार्यान्यनमा प्रतिवद्द हुने बताए ।

लुम्बिनी रिभ्यू