• Saturday 25th July 2026

‘भैरहवाको दीर्घकालिन विकास जरुरी छ’

‘भैरहवाको दीर्घकालिन विकास जरुरी छ’


  • लुम्बिनी रिभ्यू

भैरहवा । सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले भैरहवाको दीर्घकालिन विकासको लागि बिकास गर्ने नेतालाइ जिताउन जरुरी रहेकाे बताएका छन् ।

भैरहवाको गल्लामन्डीमा आयोजित कार्यक्रममा उनले भने, ‘भैरहवाको विकासको सुत्रधार  दीपक बोहोरा हो । यसैले तीन दलिय तालमेलबाट प्रतिनिधीसभा सदस्य रहनुभएका बोहोरा र प्रदेश सभा सदस्य उम्मेदवार महेन्द्र यादवलाई मत दिनु नै भैरहवाको दीर्घकालिन विकासकोलागि जरुरी छ । ’

अधिकारीले परिपक्क राजनीतिज्ञको रुपमा रहेका बोहोरा र युवा तथा इमान्दारीताको परिचय बनाएका यादवको उम्मेदवारीले भैरहवाका मतादातामा उत्साह थपिएको दाबी गरे ।

अधिकारीले भने, ‘हामीलाई जनताको कुरा सुन्ने, हरेक मानिससँग सहजै भेटघाट गर्ने नेता चाहिएको छ । विकास गर्ने नेता चाहिएको छ । डायनामिक नेता चाहिएकोछ  । ’

कार्यक्रममा लुम्बिनी प्रदेशको पुर्वमन्त्री कल्पना पान्डेले मंसिर चार गते भैरहवाबासीको लागि समृद्धिको  रेखा कोर्ने दिन भएको बताईन् । उनले भनिन,‘मंसिर ४ गते हामी सबै नेपालीका लागि महत्वपुर्ण दिन हो, त्यसमा पनि भैरहवाबासीकोलागि झनै अर्थपुर्ण दिन हो ।’

यसैविच प्रदेश सभाका उम्मेदवार महेन्द्र यादवले गौतमबुद्ध विमानस्थलमा घर जग्गा परेकालाई मुअब्जा दिलाउने काममा छिटो छरितो गराउने भन्दै सर्वसाधरणसँग कमिशन खाने व्यक्तिलाई चिन्नुपर्ने बताएका छन् ।

गल्लामन्डीको पिपरीयाचौकमा आयोजित चुनाबी कोणसभामा बोल्दै उनले त्यस्ताे बताएका हुन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend