बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले एमाले सरकारमा नगएसम्म जनताका समस्या समाधान नहुने बताउनु भएको छ ।
रुपन्देही क्षेत्र न १ का उम्मेद्धार रहनु भएका बिश्वकर्माले ५ दलीय गठबन्धन सरकार बनेपछि जनताको हित हुने कुनै काम नभएको बरु महंगी,बेथति मात्रै बढेको बताउनुभयो । बिगतमा एमालेको सरकारका समयमा भएका विकासका काम गठबन्धन सरकार आएपछि अवरुद्ध भएको बताउंदै विकासका लागि एमालेको जीत अनिवार्य रहेको चर्चा गर्नुभयो ।
रुपन्देही क्षेत्र न १ अन्तरगत ओमसतियामा आयोजित घरदैलो कार्यक्रमहरुमा उहाँले आम जनताका समस्या समाधानका लागि एमालेले देशैभर जित्नु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. १ ख का उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले शुरु गरेका विकास योजनाहरुलाई पूर्णता दिन एमाले, राप्रपा र जसपाका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

लुम्बिनी रिभ्यू