• Saturday 25th July 2026

गुल्मीको सत्यवतीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गुल्मीको सत्यवतीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

बुटवल । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको रिडिबाट सत्यवती गाउँपालिका वडा नम्बर तीन कुडडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै, ५५ का टीका राहादी, ४७ का रनबहादुर सिजापति, २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसका साथै दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते हुनुभएको छ । गएराति साढे २ बजे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend