• Saturday 25th July 2026

रूपन्देहीमा पहिलाे परिणाम : रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

रूपन्देहीमा पहिलाे परिणाम : रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल ­।  रुपन्देहीको क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।
यद्यपि औपचारिक घोषणा हुन भने बांकी छ । मुख्य निर्वाचन अधिकृत देवेन्द्रनाथ आचार्यले मतगणना सकिएपनि प्रक्रियामा केही समय लागेकाले औपचारिक घोषणा केहीबेरमा मात्रै गर्ने बताए । अन्तिम मत परिणाम अनुसार लोसपाका शुक्लाले २८ हजार मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् । जनमत पाटीका भुपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएका छन् ।
२०५१ मा राप्रपाबाट चुनाव जितेका शुक्लाले त्यसपछि मधेश केन्द्रीत दलबाट चुनाव लड्दै आएका थिए । कांग्रेसका यादवले २०७४ मा यस क्षेत्रबाट शुक्लालाई पराजित गरेका थिए ।
रुपन्देहीको भारतीय सिमा नजिकमा रहेको यस निर्वाचन क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend