• Saturday 25th July 2026

रूपन्देही ५ : वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी

रूपन्देही ५ : वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

उहाँले नेपालीे काङ्ग्रेसका नेता भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले पराजित गर्नुभएको हो ।
एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिनुभयो ।

एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।

शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend