• Saturday 25th July 2026

रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु

रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु


  • लुम्बिनी रिभ्यू

काठमाडौं। प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु गरेको छ। गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आएको पत्रका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो।

प्रहरी परिसर काठमाडौंमा प्रवक्ता दिनेशराज मैनालीले जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्रका आधारमा अनुसन्धान सुरु भएको जानकारी दिनुभयो। ‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट परिसरमा पत्र आएको छ। पत्रका आधारमा छानबिन हुन्छ’, उहाँले भन्नुभयो, ‘नागरिकताबारे खास कुरा के हो भनेर अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’

चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता अवैध रहेको दाबीसहित यसअघि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

]

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend