
बुटवल । विभिन्न कारणले स’क्ष्म जीव बलियो भई एन्टिमाइक्रोबियल औषधिले काम गर्न छोडेको अवस्था अर्थात् स’क्ष्म जीवलाई औषधिले जित्न नसकेको अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ । प्रतिजैविक अर्थात् एन्टिमाइक्रोबियलको जथाभावी प्रयोग, कमजोर स्वास्थ्य प्रणाली, कमजोर संक्रमण नियन्त्रण तथा रोकथाम व्यवस्था, आफूखुसी औषधि प्रयोग गर्ने चलन लगायतले प्रतिजैविक प्रतिरोध हुने गर्दछ ।
संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको छ। प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ ।
जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता कीटाणुबाट हुने संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई प्रतिजैविक प्रतिरोध भनिन्छ । कार्यक्रममा त्यस्ता औषधिको समुचित प्रयोग नहु“दा हुने असर के के हुन् र त्यसलाई कम गर्न के गर्नुपर्छ भन्नेबारेमा छलफल भएको थियो ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले प्रतिजैविक प्रतिरोधलाई जनस्वास्थ्यको चुनौतीका रूपमा व्याख्या गरेको छ । यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनेको छ । यद्यपि यसबारे प्रचारप्रशार र चेतना प्रवाहको काम सुस्त छ ।
संचारिका समूह लुम्बिनी प्रदेशको आयोजना एवं स्वास्थ्य मन्त्रालय लुम्बिनी र हर्ड इन्टरनेशनलको सहकार्यमा भएको अन्तरक्रियामा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका २५ जना पत्रकारको सहभागिता थियो । जसमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेल, हर्ड इन्टरनेशनलका कार्यकारी निर्देशक शुशिल बराल, मत्स्य तथा पशुपंक्षी निर्देशनालयका प्रमुख परवेज आलम, वन तथा वातावरण मन्त्रालयका नारायणदेव भट्टराई लगायतले सहजीकरण गरेका थिए ।

लुम्बिनी रिभ्यू