• Saturday 25th July 2026

कुदनामा आँखा शिविर : सेवा लिने कति कति…(फाेटाे फिचर)

कुदनामा आँखा शिविर : सेवा लिने कति कति…(फाेटाे फिचर)


  • लुम्बिनी रिभ्यू

कपिलबस्तु  । कपिलबस्तुको कुदनामा भएको आँखा शिविरबाट एक हजार ४७ जनाले सेवा लिएका छन् ।

रोयल थाई मोनास्ट्री लुम्बिनी र स्वर्णभुमि फाउण्डेशन तथा वाट थाई कपिलबस्तुको सहयोगमा एक दिने निःशुल्क आँखा शिविर भएको हो ।
शिविरबाट ३ सय ५१ जनाको मोतिया विन्दुका अप्रेशन हुने लुम्बिनी विकास कोषका निवर्तमान सदस्य तथा वाट थाई कपिलबस्तुका अध्यक्ष राजेश ज्ञवालीले बताउनुभयो ।

रोयल थाई मोनास्ट्री लुम्बिनीले कपिलबस्तुमा रहेका गरीब, दलित असाहय परिवारलाई विगत आठ बर्षदेखि निःशुल्क शिविर सञ्चालन गर्दै आएका उहाँले बताउनुभयो ।
कपिलबस्तुमा विगत देखि नै आँखा शिविर लगायतको विभिन्न शिविरहरु गरिदै आएको रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले बताउनुभयो ।

उहाँका अनुसार विगतमा पनि कपिलबस्तुमा हाडजोर्नी शिविर, विद्यार्थीहरुको लागि झोला वितरण, कोरोनाकालमा खद्यान्न तथा स्वास्थ्य सामाग्री लगायतको सहयोग गर्दै आएको थियाे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend