• Saturday 25th July 2026

यी हुन कांग्रेसका समानुपातिक सांसदहरू (सूचिसहित)

यी हुन कांग्रेसका समानुपातिक सांसदहरू (सूचिसहित)


  • लुम्बिनी रिभ्यू

काठमाडौं। निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूचीमा टुङ्गो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज शनिबार बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो ।

समानुपातिकतर्फ कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । ३३ प्रतिशत महिला सांसद सुनिश्चित गर्नुपर्ने व्यवस्थाअनुसार कांग्रेसले २९ जना महिला र ३ जना पुरुषको नाम पठाउनुपर्ने बाध्यता छ ।

निर्वाचन आयोगले दलहरूलाई आज शनिबारसम्म समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन समयसीमा तय गरेको छ ।

यी हुन् कांग्रेसले निर्वाचन आयोगमा बुझाउने समानुपातिकतर्फका सांसदको नाम–

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सीता कुमारी राना ४. सुशीला थिङ ५. सपना राजभण्डारी ६. माया राई ७. कुसुम थापामगर ८. मनोरमा सेरचन

खस आर्यतर्फ

१. अम्बिका बस्नेत २. सरिता प्रसाईं ३. आरजु राणा देउवा ४. ईश्वरी न्यौपाने ५. प्रतिमा गौतम ६. मञ्जु खाँण ७. रमा कोइराला पौडेल ८. कान्तिका सेजुवाल ९. मैना रावल कार्की

मधेसीतर्फ

१. नागिना यादव २. मुक्ता कुमारी यादव ३. चन्दा चौधरी ४. संगिता मण्डल

५. निनुकुमारी कर्ण

दलिततर्फ

१. शान्ति विक २. रुपा विक ३. सीता मिजार ४. आशा विक

थारुतर्फ

१. कल्पना चौधरी २. विना कुमारी थनेत

मुस्लिमतर्फ

१. जावेदा खातुन जागा

पुरुष

१. जीवन परियार २. विमलेन्द्र निधि ३. प्रकाशशरण महत

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend