
काठमाण्डौ । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रिय पदाधिकारी,सचिवालय र पदाधिकारीहरुको विशेष बैठक काठमाण्डौमा सम्पन्न भएको छ । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा सम्पन्न भएको बैठकले एकेडेमीलाई अझ गतिशिल बनाउने कार्ययोजनासहित विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले एकेडेमीको स्थापना दिवसका अवसरमा पुष १७ गते काठमाण्डौ र जिल्ला जिल्लामा विशेष कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ । जस अनुसार काठमाण्डौमा विभिन्न एकेडेमी र सञ्चारकर्मी,स्वास्थ्यकर्मी लगायतविच मैत्रीपूर्ण फुटवल प्रतियोगिता,विभिन्न वहस तथा अन्तरकृया लगायतका विशेष कार्यक्रमहरु हुनेछन् ।

बैठकले नियमित रुपमा मुखपत्र प्रकाशन गर्ने,वार्षिक रुपमा गरिने कार्यक्रमहरुको सूचिसहितको कार्यक्रम क्यालेण्डर निकाल्ने,संगठन विस्तार गर्ने,खेल छात्रबृति सञ्चालनका लागि कार्यबिधि बनाउने,भर्खरै सम्पन्न निर्वाचनमा विजयी भएका एकेडेमीका संरक्षक,अभिभावक तथा शुभेच्छुकहरुलाई बधाई तथा सम्मान गर्ने लगायतका निर्णयहरु गरेको छ ।
सोही बैठकले विभिन्न विभागका पदाधिकारीहरु पनि चयन गरेको छ । जस अनुुसार प्रशिक्षण बिभाग प्रमुखमा एकेडेमीका अध्यक्ष आचार्य,उपप्रमुखमा गोबिन्द थपलिया,ब्याडमिन्टन बिभाग प्रमुखमा डम्बरजंग थापा,महि
ला बिभाग प्रमुखमा मन्दिरा श्रेष्ठ,एथलेटिक्स बिभाग प्रमुखमा मोहन घले,फुटसल बिभाग प्रमुखमा विष्णु प्रसाद पौडेल,योग बिभाग प्रमुखमा नारायण पौडेल,डोरी तान खेल बिभाग प्रमुखमा अभिलाशा पन्थ,विद्यार्थी बिभाग प्रमुखमा अञ्जना शिवाकोटी र उपप्रमुखमा सञ्जय दवाडी चयन हुनुभएको छ । एकेडेमीले केही विभागहरु यसअघि नै गठन गरेको थियो । बैठकले तीमध्ये डा.शक्ती बस्नेतको नेतृत्वमा यस अघि गठन गरेको स्वास्थ्य तथा अन्तराष्ट्रिय बिभागको उपप्रमुखमा डा.प्रकाश पौडेललाई चयन गरेको छ । त्यस्तै छात्रवृति सम्वन्धि कार्यविधि बनाउन सल्लाहकार पशुपति अधिकारीलाई जिम्मेवारी तोकेको छ । बैठकले सबै बिभागका प्रमुख र उपप्रमुखलाई समेत सचिवालय सदस्यमा जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकमा आर्थिक बिभाग प्रमुख देव कुँवरले अहिलेसम्मको आर्थिक गतिविधिको विवरण पेश गर्नु भएको थियो । त्यस्तै अहिलेसम्म भएका कार्यसम्पादन र गतिविधिबारे समिक्षा भएको थि
यो ।
सो अवसरका अध्यक्ष आचार्य,सल्लाहकारहरु दीपक ज्ञवाली,पशुपति अधिकारी लगायले विशेष मन्तब्य राख्नु भएको थियो । एकेडेमीका कार्यलय सचिव बिनोद आचार्यका अनुसार बैठकका निर्णयहरु तत्कालै कार्यन्वयनमा आउन सुरु गरेका छन् ।

लुम्बिनी रिभ्यू