• Saturday 25th July 2026

घट्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत

घट्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १७८, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

यसअघि भारतीय आयल कर्पोरेसन (आईओसी)ले पटकपटक मूल्य घटेको सूची पठाए पनि मूल्य समायोजन नगरेको निगमले शुक्रबार भने तीन रुपियाँ घटाएको हो।  निगमले विज्ञप्ति सार्वजनिक गर्दै घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने जनाएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend