• Saturday 25th July 2026

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीको दाबी पेश

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरीको दाबी पेश


  • लुम्बिनी रिभ्यू

बुटवल। लुम्बिनी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ।

आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित लोसपाका ३ र २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसहित दाबी पेस गरेका हुन् ।

नेकपा एमाले,माओवादी केन्द्र, राप्रपा ,जसपा, नागरिक उन्मुक्ति लोसपाका सांसदहरु र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको हस्ताक्षरसहित सरकार गठन दाबी पेस गरिएको एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालले जानकारी दिए।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३-३, सीट छन् । नागरिक उन्मुक्तिसँग ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend