• Saturday 25th July 2026

लुम्बिनीमा मुख्यमन्त्री गिरी र दुई मन्त्रीद्धारा सपथ ग्रहण

लुम्बिनीमा मुख्यमन्त्री गिरी र दुई मन्त्रीद्धारा सपथ ग्रहण


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीसँगै आजै अन्य २ मन्त्रीहरुले समेत शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिएका छन् ।

उनीहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend