• Saturday 25th July 2026

विमान दुर्घटनाः ४१ जना निकालियो, अधिकांशको ज्यान गएको आशंका,उद्धार कार्य जटिल

विमान दुर्घटनाः ४१ जना निकालियो, अधिकांशको ज्यान गएको आशंका,उद्धार कार्य जटिल


  • लुम्बिनी रिभ्यू

काठमाडौं। कास्कीमा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवारमध्ये ४१ जना निकालिएको छ।

उद्धारमा खटिएका एक अधिकारीका अनुसार २९ जनालाई अस्पताल पुर्‍याइएको छ भने १२ जनालाई खोँचबाट माथि निकाल्ने प्रयास भइरहेको छ।

‘खोँचमा १२ जनालाई निकालेर राखिएको छ। उनीहरूलाई डोरीबाट माथि निकाल्ने प्रयास भइरहेको छ’, उद्धारमा खटिएका एक सुरक्षा अधिकारीले भने ।

२९ जनालाई भने अस्पताल पुर्‍याइएको छ। हालसम्म विमानबाट निकालिएका अधिकांशको मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ।

विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend