• Saturday 25th July 2026

भेटियो ब्ल्याक बक्स,शव भेट्न बाँकी चारै जना बालबालिका

भेटियो ब्ल्याक बक्स,शव भेट्न बाँकी चारै जना बालबालिका


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो ।

प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुष्टी गरे । उनले हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको बताए ।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।
यसैविच दुर्घटनामा भेट्न बाँकी शव चारै जना बालबालिका रहेकाे जनाइएकाे छ ।

चार जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन्। उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका रहेका थिए।

रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको बताए। ‘यसको मतलब अब भेटिन बाँकी सबै शव बालबालिकाका हुन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखसमेत रहेका ठाकुरले भने।

६८ जनाको शव आइतबार नै रिकभर भएको थियो। शसस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहेपनि फेला पर्न सकेका छैनन्। फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ।

ठाकुरका अनुसार काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ। उनीहरुले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्ने ठाकुरले ब

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend