• Saturday 25th July 2026

शान्ति सुरक्षाबारे मुख्यमन्त्री गिरीको चासो,सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन

शान्ति सुरक्षाबारे मुख्यमन्त्री गिरीको चासो,सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन


  • लुम्बिनी रिभ्यू

बुटवल। लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले शुक्रबार रूपन्देहीका सुरक्षाका अधिकारीहरुसँग छलफल गरेका छन ।

सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए ।

मुख्यमन्त्रीसंगको छलफलमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुख सँग मुख्यमन्त्री निवास बुटवलमा छलफल गरेका थिए ।

गिरीले बजारमा अराजकता हुन नदिन, उपभोक्ता हीतमा केन्द्रित रहन, सामाजिक सद्भाव कायम राख्न, गौरवका आयोजनाका काममा सुरक्षा प्रबन्ध मिलाउन, जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए ।

सो अवसरमा प्रजिअ पाण्डेले जिल्लामा रहेका सरकारी भवनको व्यवस्थापन र स्थानान्तरणका लागि मुख्यमन्त्रीबाट निर्देशनात्मक आदेशको आग्रह गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend