• Saturday 25th July 2026

संसद् सचिवालयकाे पत्र : कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

संसद् सचिवालयकाे पत्र : कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाली कांग्रेले प्रमुख विपक्षी दलको सुविधा पाउने संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका उपसचिव रामहरि थापाले सोमबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर सो कुरा जानकारी गराइएको छ ।

संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, “प्रतिनिधिसभामा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।”

संघीय संसद सचिवालयले यसअघि पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको हैसियतमा प्राप्त गर्ने सुविधा माग गरेको आधारमा यो पत्र लेखिएको जनाएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend