• Saturday 25th July 2026

स्रोत नखुलेको २१ लाख भारतीय रुपियाँसहित तीन पक्राउ

स्रोत नखुलेको २१ लाख भारतीय रुपियाँसहित तीन पक्राउ


  • लुम्बिनी रिभ्यू

तौलिहवा। स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बिहीबार राति ९ बजे प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कपिलवस्तु नगरपालिका–२ जमुवारपुलबाट भैरहवाको तौलिहवातर्फ आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ विमिहा बस्ने ३५ वर्षीय राजेशकुमार बर्मा, सोही स्थानका २६ वर्षीय राकेशकुमार बर्मा र गाडी चालक भारतको सिद्धार्थनगर ग्राम अनुपनगर नौगढ घर भई हाल मायादेवी गाउँपालिका–१ इमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान छन् ।

युपी ५५ ए एम ०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको स्रोत नखुलेको भारतीय रुपियाँसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । स्रोत नखुलेको भारतीय रुपियाँलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाउने पहल भइरहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई वैदेशिक मुद्रा अपचलनसम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend