• Saturday 25th July 2026

लुम्बिनी असीमित सम्भावनाको क्षेत्र : उपप्रधान एवं अर्थमन्त्री पौडेल

लुम्बिनी असीमित सम्भावनाको क्षेत्र : उपप्रधान एवं अर्थमन्त्री पौडेल

गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन ।


  • लुम्बिनी रिभ्यू

तस्बिर : कान्तिपुर

भैरहवा । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेजेज) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै पौडेलले शनिबार यस्तो बताएका हुन् ।

पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै उनले भने, ‘यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयनमा लगिनेछ ।’

विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति भएको र अहिले त्यो काम पूरा भइसकेकाले अब तीव्र रुपमा क्षमता विस्तार गरिने उनले बताए । ‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएका छन्,’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु । विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ । र त्यसमा कसैको अवरोध हुनेछन् । क्षतमाको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदैछ ।’

उपप्रधान एवम् अर्थमन्त्री पौडेलले ‘मेरो मृत्युपछि लुम्बिनी जानु’ भन्ने गौतम वुद्धको सन्देश संसारभरका वौद्ध धर्मालम्बीहरुसमक्ष पुर्‍याउनु पर्ने बताए। लुम्बिनीको महत्त्व र अपार सम्भावना रहँदा रहँदै पनि राष्ट्रले विविध कारणले त्यसको उपयोग गर्न नसकेको उनको भनाइ थियो ।

‘लुम्बिनी असीमित सम्भावनाको क्षेत्र हो । आज हामीले जति देखेका छौं र देख्न सक्छौं यसको उपदेयता त्यो भन्दा व्यापाक छ,’ उनले भने, ‘लुम्बिनीको सम्भावना प्राप्तिमा राज्यले कुनै पनि कसुर बाँकी राख्नु हुँदैन ।’

लुम्बिनीको विकाससँगै व्यापक रुपमा प्रचारप्रसार गरेर विश्वभर फैलाउनु पर्ने उनको भनाइ थियो । लुम्बिनीको व्यापक प्रचारप्रसार गरेर विश्वभरमै महत्त्वपूर्ण र लोकप्रिय पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताए ।

हेर्नाेस भिडियाे ( भिडियाे : कान्तिपुर )

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend