• Saturday 25th July 2026

बुटवलमा पाँचौँ खुला लन टेनिस प्रतियोगिताकाे तयारी

बुटवलमा पाँचौँ खुला लन टेनिस प्रतियोगिताकाे तयारी


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ ।

फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा रुपन्देही लन टेनिस सङ्घको आयोजनामा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।

‘लन टेनिस खेलको कुम्भ मेलाका रूपमा देशभरका खेलाडीबीच प्रतियोगिता हुनेछ । यहाँ एक सयभन्दा बढीको सङ्ख्यामा खेलाडीहरू सहभागी हुनेछन्’ उहाँले भन्नुभयो । रुपन्देहीमा लन टेनिस खेल र खेलाडीको क्षमता विकास, नियमित अभ्यास र खेल पूर्वाधार विकासमा रुपन्देही लन टेनिस सङ्घ लागेको उहाँको भनाइ छ ।

वि.सं २०६८ सालदेखि रुपन्देहीमा खेलाडीलाई सङ्गठित गर्दै छोटो समयमा केन्द्रमा आबद्धता भएर वार्षिक कार्ययोजना बनाई जिल्लामा उमेर समूहका खेलाडी उत्पादन, खेलकुद गतिविधि, पूर्वाधार विकास र विभिन्न तालिममा जोड दिइएको उहाँले बताउनुभयो । हाल देवीनगरमा ४ वटा व्यवस्थित कोर्ट छन् ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडी विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले चार लाख आर्थिक सहयोग गरेको छ । खेल अवधिभरमा १८ लाख खर्च अनुमान गरिएको आयोजकको भनाइ छ ।

प्रचार संयोजक तथा सङ्घका सचिव सबर मियाले नेपाल मात्र नभई भारत, भुटानबाट समेत खेलाडी आउँदा पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend