• Saturday 25th July 2026

सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल,दोस्रो शल्यक्रियाबारे छलफल हुँदै

सांसद चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल,दोस्रो शल्यक्रियाबारे छलफल हुँदै


  • लुम्बिनी रिभ्यू

काठमाडौं। खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका सांसद डा.चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार हुँदैछ ।

भण्डारीका स्वकीय सचिव माधव न्यौपानेका अनुसार पहिलो शल्यक्रिया सफल भएको हो । डा. चन्द्र भण्डारीको दुईवटा खुट्टामा गरिएको शल्यक्रिया सफल भएको छ।

उहाँका अनुसार दायाँ खुट्टामा बायाँको तुलनामा गहिरो घाउ रहेको छ । दोस्रो शल्यक्रियाबारे छलफल हुँदै गरेको उहाँले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

बुधबार काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगो लाग्दा जलेर भण्डारी र उहाँकी आमा गम्भीर घाइते हुनुभएको थियो ।

उहाँहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो। सांसद भण्डारीकी ८८ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend