• Saturday 25th July 2026

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : मतभार २०६८ को जनगणनाको आधारमा

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : मतभार २०६८ को जनगणनाको आधारमा


  • लुम्बिनी रिभ्यू

lgjf{rg k|d’v cfo’Qm yklnof
sf7df8f}F, !@ ;fpgM
k|ltlglw;ef, /fHo Joj:yf tyf ;’zf;g ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7sdf lgjf{rg k|d’v cfo’Qm lbg]zs’df/ yklnof . a}7sdf lgjf{rg cfof]usf] jflif{s k|ltj]bgdfly 5nkmn ePsf] lyof] . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताउनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात् सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताउनुभयो ।

उहाँले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानी निर्वाचन सम्पन्न गराउने स्पष्ट पार्नुभयो ।

आयुक्त थपलियाले भन्नुभयो, ‘‘अहिले सबैको चासो पनि मतभार कति कायम गर्ने भन्ने व्यवस्था पनि रहेको सन्दर्भमा म यो पनि स्पष्ट गर्न चाहन्छु, हाम्रो निर्वाचन सम्बन्धी कानुनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने भन्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगलाई जनगणना सम्पन्न भइसकेपछि आधिकारिक रूपमा जनगणनाको नतिजा प्राप्त भइनसकेको हुनाले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनको अनुसूची १ मा उल्लेख भए बमोजिमको नै मतभारलाई आधार मानी यो निर्वाचन सम्पन्न गर्ने कुरा पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।’’

निर्वाचन सम्बन्धी कानुनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भए पनि हालैको जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८ को जनगणनालाई आधार मान्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।

आयुक्त थपलियाले २५ गते हुने निर्वाचनका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

आयुक्त थपलियाले भन्नुभयो, ‘‘कानुनी व्यवस्था अनुसार स्वाभाविक रूपले यो निर्वाचन पनि अन्य निर्वाचनभन्दा अझ मर्यादित, व्यवस्थित ढङ्गले सम्पन्न हुनेछ भन्ने आयोगलाई विश्वास छ । हाम्रो कार्यक्रम अनुसार आयोगले आजै मतदाताहरूको नामावली आयोगको तर्फबाट अन्तिम रूप दिने र निर्वाचन अधिकृतको कार्यालयमा पठाउने छ । जम्मा मतदाता ८८४ जना हो । ५५० जना प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यतर्फ संसद् सचिवालयबाट प्राप्त विवरण अनुसार एउटा पद रिक्त रहेको चितवन २ र दुईवटा पदहरू निलम्बित रहेको भन्ने आयोगलाई विवरण प्राप्त भएको छ । त्यसको कानुन बमोजिम विश्लेषण गरेर आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।’’

आयुक्त थपलियाले २५ गते दिउँसो ३ बजे सम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताउनुभयो । कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा २६ गते नै अर्को निर्वाचन गर्ने उहाँले जानकारी दिनुभयो । निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।

‘‘दाबी विरोध लगायतका प्रक्रियाहरू पूरा गर्नको निम्ति १० गतेदेखि यहाँबाट प्रक्रिया हुनेछन् । १३ गते हामीले मनोनयनको मिति तोकेका छौँ । २५ गते बिहान १० देखि ३ बजेसम्म यहीँ निर्वाचन हुनेछ । हामीले दुईवटा मतदान केन्द्रको यहाँ व्यवस्था गरेका छौँ । प्रतिनिधिसभा सदस्यतर्फ र प्रदेश सभा सदस्यतर्फ । यसको अर्थ के हो भने प्रदेश सभा सदस्यको मतभार र सङ्घीय संसद्का सदस्यका मतभार फरक फरक हुने भएकाले दुईवटा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।’’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend