• Saturday 25th July 2026

विदेशी भूमिमा क्रिकेट खेल्न पाउने भए क्रिकेटर लामिछानेले

विदेशी भूमिमा क्रिकेट खेल्न पाउने भए क्रिकेटर लामिछानेले

सर्वोच्च अदालतले आज सोमबार उनको पक्षमा सुनुवाई गर्दै फुकुवा गरेपछि उनले खेल खेल्न पाउने


  • लुम्बिनी रिभ्यू

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने हुनुभएको छ । सर्वोच्च अदालतले आज सोमबार उहाँको पक्षमा सुनुवाई गर्दै फुकुवा गरेपछि उहाँले खेल खेल्न पाउने हुनुभएको हो ।

यसअघि पाटन उच्च अदालतले विदेशमा खेल खेल्न जान प्रतिवन्ध लगाएको थियो । सर्वोच्च अदालतले आज त्यसलाई फुकुवा गरेको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छोड्ने पुस २८ गतेको उच्च अदालतको आदेश सदर गरेको छ ।

सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ । सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनु पर्नेछ । यस शर्तको उल्लङ्घन गरेमा यो सुविधा फिर्ता लिने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ ।

अदालतले फास्ट ट्रयाकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ । सर्वोच्चको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सन्दीप लामिछानेको तर्फबाट विदेश खेल्न जान पाउनुपर्ने निवेदनमा सुनुवाई गर्दै विदेशमा खेल्नबाट रोक्नुपर्ने कुनै कारण नरहेकाले विदेशमा खेल्न जान पाउने आदेश अदालतले गरेको बताउनुभयो ।

अदालतले प्रस्तुत मुद्दा जबरजस्ती करणीको अभियुक्त भएको र प्रतिवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकाले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाइका प्रक्रिया पूरागरी छिटो कारवाही गर्नु भनि काठमाडौं जिल्ला अदालतलाई जानकारी दिई नियमअनुसार गर्न पनि आदेश दिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend