• Saturday 25th July 2026

लुम्विनीमा एकेडेमीको बृहद राष्ट्रिय भेलाको तयारी

लुम्विनीमा एकेडेमीको बृहद राष्ट्रिय भेलाको तयारी

शान्ति र समृद्धिका लागि खेलकुद नारा सहित लुम्विनीमै पिस ओपन महिला तथा पुरुष हाफ् म्याराथन प्रतियोगिता पनि हुने


  • लुम्बिनी रिभ्यू

काठमाण्डौ । सबैका लागि खेदकुद भन्ने नाराका साथ खेल गतिविधि र खेल शिक्षा अभियान सञ्चालन गर्दै आएको मदन भण्डारी स्पोर्टस एकेडेमीले अन्तराष्ट्रिय खेलकुद दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । काठमाण्डौमा सम्पन्न एकेडेमीको सचिवालय बैठकले उक्त दिवसको सन्दर्भ पारेर चैत्र २३ गते बुद्ध जन्मस्थल लुम्विनीमा बृहद राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यका अनुसार भेलामा निवर्तमान राष्ट्रपति बिद्यादेवि भण्डारी,पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुको आतिथ्य रहने छ ।
देशभरका सबै पालिकाहरुबाट पाँच हजारभन्दा धेरै प्रतिनिधिहरुको सहभागिता रहने भेलाबाट एकेडेमीका ७ सय ५३ वटै पालिका कमिटी घोषणा हुनेछन् । भेलामा खेलको विकास र खेलका माध्ययमबाट समृद्धि लगायतका विषयहरुमा बिशेष छलफलसंगै विभिन्न खेल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमहरु हुनेछन् ।
भेलाकै सन्दर्भमा चैत्र २२ गते शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नारा सहित लुम्विनीमै पिस ओपन महिला तथा पुरुष हाफ् म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । त्यसका लागि एकेडेमीका एथलेटिक्स विभाग प्रमुख मोहन घलेको संयोजकत्व तयारी समिति गठन भएको छ ।
बैठकले राष्ट्रिय भेला सम्पन्न गर्नका लागि अध्यक्ष धु्रव आचार्यको संयोजकत्वमा ५११ सदस्यीय मूल ब्यवस्थापन समिति र विभिन्न समितिहरु गठन गरेको छ । जस अनुसार तेजविक्रम बस्नेत संयोजक,विनोद आचार्य सहसंयोजक, प्रेम सुवेदी उपाध्याय लगायत सदस्य रहेको सचिवालय तथा प्रतिनिधि व्यवस्थापन समिति, देव बहादुर कुवर संयोजक धिरेन्द्र पन्त,संजिव जोशी लगायत सदस्य रहेको आर्थिक ब्यवस्थापन समिति,तुलसी मैनाली संयोजक सञ्जु महर्जन,देवी वाग्ले, मन्दिरा श्रेष्ठ लगायत सदस्य रहेको अतिथि सत्कार समिति, डा.शक्ती बस्नेत संयोजक डा.प्रकाश पौडेल,डा.सुवास चौधरी ,डा.दिनेश गौतम,डा.डम्बर शाह लगायत सदस्य रहेको स्वास्थ समिति गठन भएका छन् ।
त्यस्तै महेन्द्र लिगल संयोजक शक्ती गौचन,मदन अधिकारी लगायत सदस्य रहेको मञ्च ब्यवस्थापन समिति, नन्द बहादुर काउचा संयोजक हरि पाण्डे,संजिव जोशी लगायत सदस्य रहेको खाद्य तथा आवास व्यवस्थापन समिति, बुद्धी बस्याल संयोजक, उत्तम आचार्य, राजेश पाण्डे लगायत सदस्य रहेको यातायात ब्यवस्थापन समिति, डम्बर जंग थापा संयोजक राजकुमार श्रेष्ठ, विष्णु थापा लगायत सदस्य रहेको सुरक्षा तथा स्वयम सेवक परिचालन समिति,नारायण पाण्डे (काबिल) संयोजक तिलक नेपाली लगायत सदस्य रहेको सांस्कृतिक समिति, मदन उप्रेती संयोजक, मनोज खड्गी लगायत सदस्य रहेको खेल प्रदर्शन (डेमोस्ट्रेसन) समिति गठन भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend