• Saturday 25th July 2026

महिलावादी दृष्टिकोण कार्यान्वयनका लागि लुम्बिनी प्रदेश स्तरीय महिला मन्च हुदै

महिलावादी दृष्टिकोण कार्यान्वयनका लागि लुम्बिनी प्रदेश स्तरीय महिला मन्च हुदै


  • लुम्बिनी रिभ्यू

बुटवल ­­.. ­­महिलावादी दृष्टिकोणबाट समाजको विश्लेषण र विकासमा सहजीकरण गर्न भन्दै लुम्बिनी प्रदेश स्तरीय महिला मन्च हुदैछ ।
न्याय, समानता र पर्यावरणिय अधिकारमा सुनिश्चितता ः सामाजिक रुपान्तरण सहितको दिगो विकासको निश्चितता भन्ने मुख्य नारासहित महिला मानव अधिकार रक्षक संजाल सहितका महिलावादी संघसस्थाले आइतबार र सोमबार रुपन्देहीमा मन्च
आयोजना गर्दैछन् ।
महिला मानव अधिकार रक्षक संजालले शनिबार पत्रकार सम्मेलन गर्दै नवनिर्वाचित जनप्रतिनिधि महिलाहरुलाई महिलावादी दृष्टिकोण र त्यसको महत्वबारे धारणागत स्पष्टता ल्याउदै सहकार्यको वातावरण निर्माण गर्न मन्च आयोजना गरिएको बतायो । संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले अन्तरपुस्ता रुपान्तरित नेतृत्वको सवाललाई महिला अधिकारको आन्दोलनमा मूलप्रवाहीकरण गर्ने वातावरणका लागि समेत मन्च आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा सरिर मेरो नियन्त्रण कसैको, संक्रमणकालिन न्याय र चुनौतिहरु र रुपान्तरित नेतृत्वका सवालहरु विषयमा प्यानल छलफल हुनेछ । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका निर्वाचित जनप्रतिनिधि, मानवअधिकार रक्षक सहित करिब ३ सय जना महिला सहभागी हुनेछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend