• Saturday 25th July 2026

अन्तराष्ट्रिय कराँते प्रतियोगितामा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई संरक्षक ओलीद्धारा विजयको कामनासहित विदाई

अन्तराष्ट्रिय कराँते प्रतियोगितामा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई संरक्षक ओलीद्धारा विजयको कामनासहित विदाई


  • लुम्बिनी रिभ्यू

एकेडेमीको तर्फबाट डेढ लाख प्रदान


काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयको शुभकामनासहित विदाई गर्नु भएको छ ।
ओली निवास बालकोटमा मंगलबार सांझ आयोजित एक कार्यक्रममा उहाँले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै विजय हासिल गर्दै नेपालको नाम चम्काएर फर्किन शुभकामना दिनुभयो ।
यही मे १२,१३ र १४ गते मलेसियाको ईपोसिटीमा आयोजना हुने प्रतियोगितामा नेपालबाट ६ देखि १५ उमेर समुहका १० जना खेलाडी र ३ जना अफिसियल गरी १३ जनाको टोली बुधबार बिहान मलेसिया प्रस्थान गर्दैछ । उनीहरु नेपाल वादरियो कराँते डो संघका तर्फबाट ती खेलाडीहरुले प्रतियोगितामा भाग लिदैछन् । टोलीको नेतृत्व कोच मोहम्मल वलीले गर्नु भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले संयोजन गरेको उक्त शुभकामना तथा बिदाई कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडीहरु उत्पादन र क्षमता बृद्धिका लागि एकेडेमी सधै समर्पित रहेको बताउनुभयो । उहाँले खेलाडीहरुको टोलीलाई एकेडेमीको तर्फबाट एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा एकेडेमीका सल्लाहकार दीपक ज्ञवालीले प्रतियोगिता,नेपालको सहभागिता र सहभागिहबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा एकेडेमीका केन्द्रीय उपाध्यक्ष राजेश बज्राचार्य,उपमहासचिब सुवर्णा श्रेष्ठ लगायत उपलब्ध पदाधिकारीहरु र सदस्यहरुको सहभागिता रहेको थियो ।
खेलाडीहरु प्रस्थान गर्नु पूर्वसन्ध्यामा एकेडेमीले खेलाडीहरुलाई रात्रिभोज दिएको थियो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend