• Saturday 25th July 2026

नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा ः नर्सहरु

नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा ः नर्सहरु

नर्सहरुबीच वक्तित्वकला प्रतियोगिता


  • लुम्बिनी रिभ्यू

बुटवल ­ । नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउदै लुम्बिनीका नर्सहरुले विचलित नहुन आग्रह गरेका छन् । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा बुटवलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए ।
नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउदै नर्सहरुले अब अस्पतालसंगै नर्सहरुको आवश्यकता सामुदायले समेत खोज्दा दायरा फराकिलो बनेको बताए । अहिले अस्पतालसंगै कलेज, सामुदायिक संस्थाहरुले समेत नर्स राख्न थालेको र रोजगारीको क्षेत्र बढ्दै गएको जनाए ।


लुम्बिनी प्रादेशिक अस्पतालले नर्सिङ पेशा अवसर चुनौति र समाधान विषयमा वक्तृत्व प्रतियोगिता आयोजना गरेको थियो । जसमा सहभागी नर्सहरुले कामको ओभरलोडले प्रभावकारी सेवा दिन नपाएको, सुबिधा कम हुदा जीविकोपार्जनमा समस्या भएको बताए । विरामीको उपचारमा खट्ने प्रतिवद्धता जनाएका कतिपय नर्सहरु बेरोजगार बस्नु परेको र विदेश पलायन हुनु परेको उनीहरुले जनाए ।


वत्तृत्वकलामा अस्पतालमा कार्यरत १० जना नर्सहरु सहभागी भएका थिए । उनीहरुमध्ये अस्मिता हमाल प्रथम भएकी छन् । शारदा कुंवर द्धितीय, कान्ति पाण्डे तृतीय र सरीता वश्यालले सान्त्वना स्थान हासिल गरेका छन् । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, मेट्रोन ज्योति पौडेल, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृता अनमोलको टिमले निर्णायक भूमिका निभाएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन बरालले पछिल्लो समयमा नर्सिङ पेशा मर्यादित र रोजगारीका हिसाबले सुरक्षीत बन्दै गएको बताए । नर्सिड. सेवा भावमा समर्पित हुने पेशा रहेको बताउदै सेवामा नडगमगाउन आग्रह गरे । कार्यक्रममा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्य, प्राध्यापक हिरण्यलाल ज्ञवाली र पत्रकार अमृता अनमोलको नर्सहरुको जिम्मेवारी र भूमिकाको प्रसंशा गरेका थिए । नर्स माधुरी ज्ञवालीले कार्यक्रम संचालन गरेकी थिइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend