
संगीता पाण्डे
भैहरवा । काम गर्ने जागर छ तर, आफ्नै उद्यम वा व्यवसाय थाल्न रकम छैन । त्यस्ता व्यक्तिले के गर्ने ? रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने निशुल्क सीपसहित विनाधितो सहुलियत कर्जा दिने गरेको छ । जसले गर्दा धेरै बेरोजगार आयआर्जनमा लागेका छन् । कसैले आफ्नो उद्यमशीलता बढाएका छन् ।
त्यसमध्येकी हुन् तिलोत्तमा नगरपालिका ४ डिंगरनगरकी अनिता वस्नेत खत्री । कमाएर खुवाउने पतिको मृत्यु भएपछि ३५ वर्षिय अनिता विलख बन्दनमा थिइन् । सीप विहिन उनले आफू कसरी पालिने र छोराछोरी कसरी पाल्ने निक्र्योल गर्न सकेकी थिइनन् । नत कुनै सीप थियो न, व्यवसाय गर्न रकम । उनीस“ग धितो राख्ने जग्गा समेत थिएन । यस्तो बेलामा अर्थात २०७७ असोजमा तिलोत्तमा नगरपालिकाले उद्यमशीलताबारे सीप सिकायो । उनी ३ दिन त्यसमा सहभागी भइन् । सीप सिकेकालाई विना धितो सहुलियतमा कर्जा दिने कार्यक्रम ल्यायो । ३ प्रतिशत ब्याजमा ४ लाख रुपैया“ ऋण पाइन् । त्यही रकमबाट उनले अहिले किराना पसल खोलेकी छन् । चोकमा खोलेको पसल निकै चलेको छ । पसलको भरमा परिवार पाल्न र छोराछोरी पढाउन सहज भएको उनले बताइन् । ‘एकातिर पतिको शोक अर्कातिर बालबच्चा कसरी हुर्काउने भन्ने पिरलो । साह्रै सन्तापमा थिए,’ अनिताले भनिन्, ‘नगरपालिका मेरालागि साक्षात् भगवान बनेर आयो । आफ्नै सानो व्यवसाय भएपनि अहिले कसरी छोराछोरी पाल्ने र पढाउने भन्ने चिन्ता छैन ।’
तिलोत्तमा नगरपालिकाले २०७६ असोजमा नेपाल बैंक लिमिटेडसंग सहुलियतमा विना धितो कर्जा प्रवाह गर्नेबारे सम्झौता गरेको थियो । जसमा व्याज छुट गर्ने रकम नगरपालिकाले बैंकलाई दिन्छ । बैंकले कर्जा प्रवाह गर्छ । अहिलेसम्म नगरपालिकाले बैंकमा १० करोड रुपैया“ जम्मा गरेको छ । उक्त रकम व्याज छुटमा उपयोग भएको छ । सहुलियत कर्जामा बेरोजगार, विपन्न, एकल महिला, दलित र सिमान्तकृत समुदायलाई पहिलो प्राथमिकता दिने गरिएको छ । शैक्षिक बेरोजगार र काम गर्न चाहने गृहिणीलाई पनि लक्षीत वर्ग हुन् । शैक्षिक योग्यता भएका तर सीप नहु“दा काम थाल्न नपाएका युवालाई स्वरोजगार र उद्यमशीलता तालिम दिएर तालिमपछि सहुलियत कर्जा दिएर पनि उद्यममा लगाएको छ ।
त्यसमध्येका अर्का हुन् व्यवस्थापनमा स्नाकोत्तर गर्दै गरेका तिलोत्तमा ३ ड्राइभरटोलका हरिप्रसाद भुसाल । उनको भुसाल गाइ फाम छ । त्यसमा २० वटा दुहुना सहित ६० वटा सानाठूला गाई छन् । उनले व्यवसाय प्रवद्धनका लागि तिलोत्तमा नगरपालिकाबाट उनलाई पनि विना धितो सहुलियतमा कर्जा दिएको छ । अहिले उनीसहित उनका अभिभावक भाडामा जग्गा लिएर अहिले व्यवसायिक गाई पालनमा लागेका छन् । ‘घरको अवस्था कमजोर छ । यौटा सहकारीमा काम गर्दै पढ्दै थिए“,’ हरिप्रसादले भने, ‘नगरपालिकाले हामीजस्ता युवाकालागि सहुलियतमा कर्जा दिने थाह पाएपछि कर्जा लिएर गाई पालन थालेको हु“ ।’ बेरोजगार बाबुआमाले पनि सघाउन थालेपछि उनले अन्यत्रबाट कर्जा लिएर समेत गाई फाममा गाईको संख्या बढाए । ‘नगरपालिकाले पढेका व्यक्ति पनि कृषिमा लाग्न सक्छन् भनेर सिकायो । सहुलियतमा कर्जा दिएकाले मात्रै यता लागेको हरिप्रसादले सुनाए ।
नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा ८६ जना बेरोजगार र विपन्न युवा छनोट गरेको थियो । उनीहरुले व्यवसायको प्रकृति हेरेर ३ देखि ४ प्रतिशतसम्मका ऋण पाएका छन् । आर्थिक वर्ष ०७७÷०७८ मा ३ सय जना छनोट भए । आर्थिक वर्ष ०७८÷०८९ मा त्यो संख्या बढाएर ५ सय पु¥याइदै छ । अर्थात नगरपालिकाले ५ सय बेरोजगार युवालाई विना धितो सहुलियत कर्जा दिएर उद्यममा लगाउदै छ । त्यसमध्येका ५० प्रतिशतलाई सीप समेत आफैले सिकाएर उद्यममा लगाउने छ ।

लुम्बिनी रिभ्यू