• Saturday 25th July 2026

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

वुटवल  । पहिराले घर पुर्दा अर्घाखाँचीमा मङ्लबार तीन जनाको मृत्यु भएको छ ।जिल्लाको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बिहान करिब ५ बजेतिर स्थानीय गंगा रास्कोटीको घर पहिरोले पुरेको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरी जनाएको छ । घटनाकाे नेपाल प्रहरी,सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्लाभर नै पानी परेकाले सतर्कता अपनाउन आग्रह गरेका छन । उनले जिल्लामा भारि बर्षा भएकाे र कहि प्राकृतिक विपत्ति परेमा तत्काल नजिकैको प्रहरी,स्थानीय सरकार र प्रशासन कार्यालयमा खवर गर्न अनुराेध गरेका छन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend