• Saturday 25th July 2026

प्रथम मदन भण्डारी एमयु कप फुटबल : बिजेताहरुलाई पुरस्कार वितरण

प्रथम मदन भण्डारी एमयु कप फुटबल : बिजेताहरुलाई पुरस्कार वितरण


  • लुम्बिनी रिभ्यू

काठमाण्डौ । ७२औं मदन जयन्तीका सन्दर्भमा प्रथम मदन भण्डारी एमयु कप फुटबल प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयमा शुक्रबार सम्पन्न समारोहकाविच बिजेताहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको हो ।
प्रतियोगितामा ब्यवस्थापन केन्द्रीय क्याम्पस बिजेता बन्दै नगद ३११३१,ट्रफी र मेडल,मानविकी केन्द्रीय क्याम्पस उपबिजेता बन्दै नगद २११२१,ट्रफी ,मेडल प्राप्त गर्न सफल भए । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ब्यबस्थापन संकायका कैलाश बुढा ,सर्वोकृष्ट गोलकर्ता मानविकी संकायका हिमाल रावत र सर्बोकृष्ट गोलकिपर ब्यवस्थापन संकायका रेमन तिमिल्सिना भए ।


मदन भण्डारी स्पोर्ट्सका केन्द्रीय उपाध्यक्ष तेज बिक्रम बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कर्णाली खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमाल ,ब्यबस्थापन केन्द्रीय क्याम्पसका बिभागिय प्रमुख खेमराज रावत,मानविकी केन्द्रीय क्याम्पसका बिभागिय प्रमुखहरू बेद प्रकाश ढकाल ,नारायण नाथ योगि,डा.शरदचन्द्र कश्यप,बिपना देबकोटा,खगेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा नेबिसंघका जिल्ला अध्यक्ष सुशील भट्टराई,स्वबियु उपसभापति ई.आदित्य बिक्रम शाह,अनेरास्ववियु बिश्वबिद्धालयका सहसंयोजक भुपेन्द्र भण्डारी,प्रकाश रिजाल ,सचिन तिमिल्सिना ,नरेशजंग राना,मदन भण्डारी स्पोर्ट्स एकेडेमी एमयु उपाध्यक्ष अनमोल शाही, सचिब सीता रोकाय ,नगर सचिब सन्देश थापा,कोषाध्यक्ष जनकराज जोशी लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा खेल प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने स्थानीय स्टार ग्रुप अफ कम्पनी डाइरेक्टर खेम राज थापालाई लगायतलाई सम्मान गरिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend