• Saturday 25th July 2026

महिला उद्यमशिलता बढाउन डिजिटल साक्षरता

महिला उद्यमशिलता बढाउन डिजिटल साक्षरता

उद्योगी महिलाहरुलाई सघाएर महिला उद्यमशिलता प्रवद्धन गर्ने


  • लुम्बिनी रिभ्यू

बुटवल , उद्योगी महिलाहरुलाई सघाएर महिला उद्यमशिलता प्रवद्धन गर्न भन्दै रुपन्देहीमा डिजिटल वित्तिय साक्षरता तालिम दिन थालिएको छ ।
घरेलु तथा लघुउद्यम गरीरहेका महिलालाई छनोट गरी तालिम दिन थालिएको हो । वमन एक्ट नेपालले वित्तिय साक्षरता र उद्यम प्रवद्धनका लागि बुटवल र तिलोत्तमामा उद्यमी महिला संजाल बनाएको छ ।
उनीहरुलाई उद्यम दर्तादेखि , संचालन, मुनाफादेखि वचतसम्मका प्रक्रिया सिकाउने गरिएको कार्यक्रम संयोजक आनिक रानाले बताइन् । उद्योग स्थापना गरेका, दर्ता प्रक्रियामा नगएकादेखि उद्योग राम्रोसित चलाएका महिलाहरुलाई आवश्यकता अनुसार सहजीकरण गरिरहेको उनले बताइन् । करिब एक वर्षसम्म उनीहरुलाई आवश्यकताका आधारमा सघाउने उनले जानकारी दिइन् ।
बुटवल र तिलोत्तमामा पहिलो चरणको तालिम भएको छ । तालिममा डिजिटल माध्यमबाट कसरी व्यवसाय गर्ने, बजारीकरण गर्ने, रकम लेनदेन गर्ने भन्नेबारेमा सिकाइएको थियो । बैंक तथा वित्तीय संस्थाबाट कसरी ऋण लिने, ऋण लिने प्रक्रिया कसरी थाह पाउने, कस्ता कागजात कसरी मिलाउने, ऋणको किस्ता कसरी तिर्ने भन्नेबारेमा समेत सिकाउने गरिएको छ । सरकारले ल्याएका अनुदान र सहुलियत ऋण र त्यसलाई लिने प्रक्रियाबारे समेत सिकाइन्छ ।

सोमबार तिलोत्तमाका उद्यमी महिलाहरुलाई सहजीकरण गरिएको थियो । जसमा उद्योग नविकरण, अडिट, डिजिटल कारोबारदेखि बैंकिंड। प्रक्रिया तथा वचतबारे सिकाइएको थियो । तालिममा सहभागी उद्योगी रेखा रानाले डिजिटल वित्तिय साक्षरताले उद्योग प्रवद्धनमा धेरै सघाएको बताइन् ।मेटा लाइफका प्रतिनिधि शशीधर पराजुली र आनिक रानाले सहजीकरण गरेका थिए ।

तिलोत्तमा नगरपालिका ५ का अध्यक्ष रमेश डुम्रेको अध्यक्षतामा जनप्रतिनिधि धर्मादेवी न्यौपाने, मेटलाइफका शशिधर पराजुली,कान्तिपुर टिभीका अमृता अनमोल र बुटवल टुडे दैनिकका उषा किरण पन्थको आतिथ्यामा सम्पन्न भएको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend