• Saturday 25th July 2026

लैंगिकताकै आधारमा फरक व्यवहार गर्न पाइदैनः महिलाहरु

लैंगिकताकै आधारमा फरक व्यवहार गर्न पाइदैनः महिलाहरु

महिला सशक्तिकरण समाज नेपालमा जोखीमपूर्ण अवस्थाका महिला संगठित


  • लुम्बिनी रिभ्यू

Exif_JPEG_420

बुटवल,  ­ महिला, भएकै कारण लैंगिकतालाई हेरेर फरक व्यवहार हुने गरेको महिलाहरुको गुनासो छ ।
महिलाले यो गर्न हुन्छ र हुन्न भन्ने गलत सोचले आफूले चाहेको बोलचाल, व्यवहार, पेशा, व्यवसाय अंगाल्दा पनि भेदभाव र हिंसा हुने गरेको उनीहरुले बताए ।
महिला सशक्तिकरण समाज नेपालले लुम नेपालको सहयोगमा बुटवलको नहरपुरमा आयोजना गरेको लैंगिकता तथा महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धी २ दिने छलफल कार्यक्रममा सहभागी महिलाहरुले यस्तो बताएका हुन् । महिला भएकै कारण काममा प्राथमिकता नपाउने, कम ज्याला पाउने, सेवा सुबिधा नपाउने र घरपरिवारबाट समेत प्रोत्साहन नहुने गरेको उनीहरुको भनाइ थियो । महिला सशक्तिकरणका लागि उसको सीप, क्षमता र चाहना अनुसार काम गर्ने अवसर जुटाइदिन महिलाहरुले माग गरे । तालिम उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बुटवल ११ का अध्यक्ष रामचन्द्र्र खनालले लैंगिक हिंसा कम गर्न र महिला सशक्तिकरण बढाउन स्थानीय सरकार सधै तयार रहेको बताए । उनले महिला सशक्त हुदा पुरुष कमजोर हुने नभइ, बेरोजगारी हटाउन, आम्दानी बढाउन र हिंसा हुन नदिन सहयोग पुग्ने बताए ।

Exif_JPEG_420

वडा सदस्य नहकुल शाहीले महिला सशक्तिकरण र अधिकारसंगै कर्तव्यलाई पनि भूल्न नहुने बताए । वडा सदस्य माया दर्नालले महिला भएकै कारण हुने भेदभाव , हिंसा र फरक व्यवहारको विरोध गर्न र महिलाहरु आफूपनि सशक्त हुन आग्रह गरिन् ।
सूर्योदय आधारभूत विद्यालयका अध्यक्ष हरि कंडेलले पहिलेको तुलनामा अहिले महिलाहरुलाई हेर्ने दृष्टिकोण फेरिएको बताउदै अव शिक्षा र रोजगारीमा पनि आफ्नो उपस्थिति बढाउन आग्रह गरे ।
संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले लैंगिकताका आधारमा हुने कुनै पनि भेदभाव, फरक व्यवहार र सोचलाई पश्रय दिन नहुने बताइन् । उनले महिला सशक्त हुनु भनेको पुरुष कमजोर हुनु वा पुरुषको अधिकार खोस्नु नभइ समानता कायम गर्नु रहेको बताइन् ।
अधिकारकर्मी आनिक रानाले लैंगिक विभेद र हिंसाका कारण महिला तथा तेस्रो लिंगी समुदायहरु विभेदमा परेको बताइन् । लैंगिकताकै कारण हुने भेदभाव रोक्न र महिला सशक्तिकरण बढाउन पुरुषहरुलाई पनि चेतना अभिवृद्धि र सशक्तिकरण तालिम दिनुपर्ने उनले बताइन् ।
महिला सशक्तिकरण समाज नेपालका अभियन्ता गंगा अधिकारीले महिलाभित्रका विविधताको ख्याल गर्दै सामाजिक समावेशीकरणसहितको सशक्तिकरण आवश्यक रहेको बताइन् ,।
कार्यक्रममा बोल्दै महिला सशक्तिकरण समाज नेपालका अध्यक्ष उमा श्रेष्ठले पछाडि परेका र पारिएका विपन्न र जोखिमपूर्ण समुदायका महिलाको सशक्तिकरणका लागि सस्था क्रियाशिल भएको बताइन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend