
गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रमहरुमा कमिसन लिएको आरोपसहित ७ जना विरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले १३ लाख ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । घुस लिएको रुपैयाँ जफत, त्यस अनुसारको जरिवाना र कैद सजायको मागदाबी अख्तियारले लिएको छ । उनका छोरा पवनकुमारसँग पनि सोही बिगो बमोजिमको सजाय माग दाबी गरेको छ ।
प्रवक्ता दाहालका अनुसार गाउँपालिकामा अवैध कमिसन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको थियो । सोही खातामा विकास निर्माणका योजना र कार्यक्रमबाट लाखौं रकम भ्रष्टाचार गरि एवम् कमिसनको रुपमा जम्मा गराइन्थ्यो । यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो ।

लुम्बिनी रिभ्यू