• Saturday 25th July 2026

एमाले बुटवल ­ ९ द्धारा सरसफाई तथा डेंगी नियन्त्रण सचेतना अभियान

एमाले बुटवल ­ ९ द्धारा सरसफाई तथा डेंगी नियन्त्रण सचेतना अभियान

एमाले नेता तथा कार्यकर्ताहरु कुचो, हसिया र सफाइ औजार लिएर सडकमा


  • लुम्बिनी रिभ्यू

बुटवल, फोहोरका कारण डेंगी संक्रमण बढ्न थालेपछि बुटवलमा सरसफाइ तथा डेंगी विरुद्ध सचेतना अभियान थालिएको छ ।
एमाले बुटवल ९ कमिटीले शनिबार सरसफाई तथा डेंगी नियन्त्रण सचेतना अभियान गरेको हो । बिहान एमाले नेता तथा कार्यकर्ताहरु कुचो, हसिया र सफाइ औजार लिएर सडकमा आएका थिए ।

कालिका मन्दिरमा भेला भएका उनीहरुले सडक र आसपासमा रहेको फोहोर सफा गर्ने, झाडी फाड्ने, पानी जमेको स्थान र खाल्डामा फिनेल हालेर सफा गरेका थिए ।

कालिका पथ सडक सरसफाई गर्दै टोली बसपार्क, मिलनचौक, तिनकुने हुदै सिमाक्षेत्र कालिकानगरसम्म पुगेको थियो । नेताहरु नै कुचो लिएर सडक सरसफाइमा खटेपछि त्यसमा कार्यकर्ताहरुले पनि साथ दिएका थिए ।


सरसफाईपछि बोल्दै एमाले पोलिटब्युरो सदस्य तथा बुटवल उपमहानगर इन्चार्ज दधिराम न्यौपानेले डेंगीको प्रकोप फैलन नदिन एमाले नेता कार्यकर्ता सरसफाइ अभियानमा जुटेको बताए । उनले जनतालाई जहा जहा समस्या पर्छ त्यहा एमाले जुटेर समाधानमा लाग्ने बताउदै सामाजिक काममा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे ।


सरसफाइ अभियानमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बाबुराम पन्थी, विमला श्रेष्ठ, एमाले वडा अध्यक्ष बााबुराम बेल्वासे लगायतका नेताहरु समेत खटेका थिए । उनीहरुले टोल टोलमा रहेका एमाले कमिटी समेत डेंगीबाट बच्न नियन्त्रण अभियानमा लागेको र टोल सरसफाइमा जुटेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend