• Saturday 25th July 2026

रुपन्देहीमा हिले फुटबल प्रतियोगिता

रुपन्देहीमा हिले फुटबल प्रतियोगिता


  • लुम्बिनी रिभ्यू

 

विपिन ज्ञवाली
बुटवल, रोटयाक्ट क्लब अफ तिनाउ सिटिको आयोजनामा रुपन्देहीको तिलोत्तमामा हिले फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
रुपन्देहीका विभिन्न १६ बटा क्लबको सहभागिता रहेको उक्त खेलमा रोट्याक्ट क्लब अफ शुद्धोधन प्रथम भएको छ । रोटयाक्ट क्लब अफ तिनाउ सिटीलाई २,० ले पराजित गदै रोट्याक्ट क्लब अफ सुद्धोधन प्रथम भएको हो । जीतसंगै रोट्याक्ट क्लब अफ शुद्धोधन क्लबले नगद ११ हजार १ सय ११ सहित मेडल कप र प्रमाणपत्र पाएको छ ।

उप बिजेता रोटयाक्ट क्लब अफ तिनाउ सिटीले ५ हजार ५ सय ५५ रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजेतालाई एक कार्यक्रमबीच रोटरी पब्लीक इमेज चियर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतार्मा पुरस्कार वितरण गरिएको थियो ।
क्लबका सचिव विमल ज्ञवालीले मनोरन्जन र आपसी सदभाव कायम गर्न क्लबहरुबीच प्रतियोगिता आयोजना गरिएको बताए ।

क्लबले वार्षिक कार्ययोजना अनुसार अघिल्लो वर्ष पनि हिले फुटबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष प्रकाश खनालले बताए । हिलोमा फुटबल खेल्दा सहभागीहरु निकै उत्साही भएका थिए । प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend